अर्थ

अमेरिकी डलरको मूल्य बढ्यो? (सूचीसहित)

अमेरिकी डलरको मूल्य बढ्यो? (सूचीसहित)

काठमाडौंः नेपाली बजारमा साताको तेस्रो दिन आज अमेरिकी डलरसहित प्राय सबै देशको विनिभियदर बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६६ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ६६ पैसा र बिक्रिदर १४९ रुपैयाँ ४४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ । 

अमेरिकी डलर

विशेष