आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ ।
मंगलबार ७२ हजारमा कारोबार भएको सुन आज बढेर प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार ७१ हजार ७ रुपैयाँ रहेको तेजावी सुन बुधबार भने प्रतितोला ७१ हजार ८ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ६५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
सुनचाँदी सुनचाँदी व्यवसायी महासंघ