फोटो

मन्त्रीले नछेकेको ममता (फोटोफिचर)

मन्त्रीले नछेकेको ममता (फोटोफिचर)

खानेपानी मन्त्री वीना मगर यतिबेला चर्चाको शिखरमा छिन् । प्रधानमन्त्री केपी ओलीले आफ्नै मन्त्रीहरुसंग गरेको कार्य सम्झौताअनुसार कार्यसम्पादनमा सबैभन्दा पुछारमा रहेकी वीना मन्त्रीमा कायम रहेपछि अध्यक्ष प्रचण्डको तदर्थवादले काम गरेको भनेर सामाजिक सञ्जालमा अनेकानेक टिप्पणी आइरहेका छन् । तर यो आलेखमा वीनाको राजनीतिक भन्दा पनि अभिभावकीय भूमिकाका विषयमा उल्लेख गरिएको छ । वीनाका एक छोरा छन् , प्रणव । जुन दिवंगत प्रकाश दाहालका नासो हुन् ।

माता पिताको वात्सल्य दिएर उनले छोरा हुर्काउनु परेको छ । त्यतिमात्र हैन, सिर्जना त्रिपाठी तर्फबाट जन्मिएका अर्का छोरा प्रसिद्धलाई पनि समान माया र अवसर दिएर हुर्काउने जुन काम गरेकी छन् , त्यो सलामयोग्य छ ।

सौताको सन्तान आँखाले देखि नसहने परम्परा विपरीत वीनाले दुवै सन्तानलाई दिएको मातृवात्सल्य साँच्चै अनुपम छ । छुट्टीको समयमा दुवैलाई कार्यालय लग्ने देखि घुमफिर गराउनेसम्म उनैले गर्दै आएकी छन् ।

प्रसिद्धकी आमा सिर्जना पोखरा बस्छिन् । प्रचण्डपत्नी सीताको स्वास्थ्य राम्रो छैन । प्रकाशको निधनपछि छोरा प्रसिद्धलाई प्रचण्डले आफूसंगै राख्दै आएका छन् । आफ्नो फेसबुक पेजमा उनका अधिकांश फोटो सन्तानसुखमा समर्पित छन् ।

राजनीतिक रुपमा उनको सफलता, विफलताको कसी जसरी लागे मातृ वात्सल्यप्रतिको समर्पण अनुकरणयोग्य छ । 

 

 

 

 


 

मन्त्री वीना मगर माता पिता

विशेष