अर्थ

निरन्तर ओरालो लाग्दै व्यापार घाटा: आयात भन्दा निर्यात बढी

निरन्तर ओरालो लाग्दै व्यापार घाटा: आयात भन्दा निर्यात बढी

काठमाडौँ।  यस आर्थिक वर्षका तीन महिनामा व्यापार घाटा निरन्तर घटेको छ । अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएकाले व्यापार घाटा घटेको हो । भन्सार विभागले प्रकाशन गरेको तीनमहिने व्यापार तथ्यांकअनुसार गत वर्षको तुलनामा आयात १०.३४ प्रतिशतले घटेको छ भने निर्यात १४.४१ प्रतिशतले बढेको छ ।

व्यापार घाटा १२.०२ प्रतिशतले कम भएको छ । भारतसँग आयात घटेको र निर्यात बढेको छ । चीनसँग भने आयात बढेको र निर्यात घटेको छ ।

गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटा व्यहोरिरहेको सन्दर्भमा तीन महिनाको तथ्यांकले व्यापारमा केही सकारात्मक संकेत देखाएको हो । तर, कम आयातले अर्थतन्त्रका केही क्षेत्रमा असर परेको छ । राजस्व संकलन लक्ष्यको तुलनामा करिब २२ प्रतिशत कम भएको छ ।

अर्थ मन्त्रालयका अनुसार तीन महिनामा २ खर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन।   

व्यापार घाटा आयात कम निर्यात बढी

विशेष