अर्थ

आज घट्यो सुनको मूल्य, कतिमा कारोवार हुँदैछ ?

आज घट्यो सुनको मूल्य, कतिमा कारोवार हुँदैछ ?

काठमाडौंः  नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेको छ ।  

बिहीवार प्रतितोला ७२ हजार रुपियाँमा कारोबार भएको सुन आज ३०० ले घटेर प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीवार ७१ हजार ७ रुपैयाँमा कारोवार भएको तेजावी सुन शुक्रवार भने प्रतितोला ७१ हजार  ४ सय रुपैयाँ पुगेको छ ।   

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवार ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोवार भईरहेको महासंघले जनाएको छ ।      

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष