अर्थ

फेरि घट्यो सुनको मूल्य

फेरि घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।

शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ७१ हजार ६ सय रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार ७१ हजार ७ रुपैयाँमा कारोवार भएको तेजावी सुन आइतबार भने प्रतितोला ७१ हजार ३ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

सुनचाँदी सुनचाँदी व्यवसायी महासंघ

विशेष