अर्थ

आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा निर्धारण गरिएको सुन आज पनि त्यही मूल्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार पनि तेजावी सुन आइतबारकै मूल्य प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाऊ पनि स्थिर रहेको छ । सोमबार पनि चाँदीको मूल्य प्रतितोला ८ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

सुनचाँदी नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष