अर्थ

आज कतिमा कारोबार हुदैछ सुनचाँदी ? हेर्नुहोस

आज कतिमा कारोबार हुदैछ सुनचाँदी ? हेर्नुहोस

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

मंगलबार प्रतितोला ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको   नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मुल्य पनि स्थिर छ । आज तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाऊ स्थिर रहे पनि आज चाँदीको भाउ भने बढेको छ ।  मंगलबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोवार भएको चाँदीको मूल्य बुधबार  प्रतितोला ८ सय ५० निर्धारण गरिएको महासंघले जनाएको छ ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष