अर्थ

आज घट्यो सुनको मूल्य, कतिमा कारोबार हुदैछ ?

आज घट्यो सुनको मूल्य, कतिमा कारोबार हुदैछ ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ  ।

बुधबार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ सय रुपियाँले घटेर प्रतितोला  ७१ हजार रुपियामा कारोबार भईरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मुल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ भने आज स्थिर छ। बुधबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोहि मुल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष