अर्थ

सोमबार घट्यो सुनको मूल्य

सोमबार घट्यो सुनको मूल्य

काठमाडौंः सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  

आइतबार प्रतितोला ७१ हजार २ सय पुगेको सुनको मूल्य आज भने २ सय रुपैयाँ घट्दै ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।  

यस्तै, तेजावी सुनको मूल्य पनि आज घटेको छ ।

आइतबार प्रतितोला ७० हजार ९ सय रुपैयाँ रहेको तेजावी सुन आज प्रतितोला ७० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।  
चाँदीको भाऊ भने आज स्थिर रहेको छ ।

आइतबार ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला त्यहीँ मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुन सुनचाँदी महासंघ

विशेष