कृषि विकास र खाद्य सुरक्षामा एडीबीको ५ अर्ब ६० करोड ऋण सहयोग

काठमाडौँ। एसियाली विकास बैंक (एडीबीले) नेपालको कृषि विकास र खाद्य सुरक्षासम्बन्धी नीतिगत सुधारमा ऋण सहयोग गर्ने भएको छ ।
एडीबी बोर्ड बैठकले नेपालको कृषि र खाद्य सुरक्षाका लागि ५ अर्ब ६० करोड ऋण स्वीकृत गरेको हो ।
नेपालको खाद्य सुरक्षाका उपायहरुमा सुधार, कृषि व्यापारको मापदण्ड बनाउन तथा कृषिको व्यवसायीकरण प्रवद्र्धन गर्न ५ करोड अमेरिकी डलर (रु ५ अर्ब ६० करोड) ऋण स्वीकृत गरेको एडीबीका वरिष्ठ सार्वजनिक व्यवस्थापन अर्थशास्त्री नाभेन्दु करणले जानकारी दिए ।
यो समाचार आजको आर्थिक आर्थिक अभियान दैनिकमा छ ।
एसियाली विकास बैंक