अपराध सुरक्षा प्रदेश ५

प्रदेश ५ को सुरक्षा गोष्ठीमा गृहमन्त्रीले के भने ? 

प्रदेश ५ को सुरक्षा गोष्ठीमा गृहमन्त्रीले के भने ? 

बुटवल । गृहमन्त्री रामबहादुर थापाले कानून कार्यान्वयनका लागि सरकारले ठोस कदम चालेको जानकारी दिएका छन् । प्रदेश ५ को बुटवलमा मंगलबार भएको सुरक्षा सम्बन्धी गोष्ठीमा गृहमन्त्री थापाले देशमा शान्ति सुरक्षा बलियो बन्दै गएको र देशलाई पृथकता तिर धकल्ने तत्वहरु निरुत्साहित बनेको दाबी गरे ।

देशमा संघीयताको कार्यान्वयन गर्दै प्रदेश प्रहरी निर्माणको लागि आवश्यक कानूनहरु निर्माण गरिएको उनले बताए । 
दुई देशबीच धेरै विषयमा सहकार्य र सम्झौता भएको उल्लेख गर्दै थापाले यसबाट नेपालको विकास र समृद्धिमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

गृहमन्त्री थापाले मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख रहेको बताउँदै सरकारले अगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ८ प्रतिशत भन्दामाथि पु-याउने लक्ष्य राखेको पनि जानकारी दिए ।  आगामी चार वर्षभित्रमा दुई अङ्कको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नेतर्फ सरकार सकारात्मक दिशामा अघि बढिरहेको उनको भनाइ छ । 

सोमबारदेखि शुरु भएको प्रदेशस्तरीय गोष्ठीमा आज गृहमन्त्री थापासहित मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखलगायत सहभागी छन् । 

यस्तै गाष्ठीमा प्रदेश नंं. ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको छ ।

विशेष