अर्थ

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

काठमाडौंः बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  

मंगलबार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ६ सयले घटेर ७० हजार २ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। 

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि घटेको छ ।

मंगलबार प्रतितोला ७० हजार ५ सय पुगेको तेजावी सुन आज भने प्रतितोला ६९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सुनको भाउ घटेसँगै चाँदीको मूल्य पनि बुधबार घटेको छ।   

मंगलबार ८ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।  

सुन सुनचाँदी

विशेष