अर्थ

आज बढ्यो सुनको मूल्य, कति पुग्यो ?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौंः बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बुधवार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीवार ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ ।

बुधवार प्रतितोला ६९ हजार ९ सयमा कारोबार भएको तेजावी सुनकाे भाऊ आज भने प्रतितोला ७० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सुनको भाउबढेसँगै चाँदीको मूल्य पनि बुधबार बढेको छ ।

बुधवार ८ सय ४५ मा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ५० रुपैयाँ पुगेकाे महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष