थाहा पाउनुहोस् ! शिशु जन्मेको कति समयपछि ‘सेक्स’ गर्ने ?
काठमाडौं । हाम्रो समाज यौनका विषयमा खुल्न लजाउँछ । कतिपय दम्पती अशिक्षाका कारण सावधानी नअपनाउदा विभिन्न रोगको सिकार भइराखेका छन् ।
पुरुषहरुलाई यौन चाहाना धेरै हुन्छ । महिलाले बच्चा जन्माएको ४५ दिनभित्रै पुरुषले यौनसम्पर्क राख्न खोज्छन् । हाम्रो समाज पुरुष प्रधान भएकाले महिला पनि नाई भन्दैनन् । कतिपयलाई थाहा नभएको पनि होला ।
तर, केही दम्पतीहरु बच्चा जन्मेको कति दिनपछि यौन सम्पर्क गर्ने ? भन्ने जिज्ञासा मनमा राखिरहन्छन् । चिकित्सकहरूका अनुसार बच्चा जन्मेको तीन महिनापछि मात्रै यौनसम्पर्क गर्नुपर्छ ।
३ महिनाभित्र यौनसम्पर्क गरे संक्रमित हुने सम्भावना बढी हुन्छ । यसका साथै सुत्केरी बेलामा योनी नरम हुने भएको हुनाले यदि बच्चा जन्मेको बेलामा टाँका लगाएको छ भने सो टाँका निस्कने वा अझ च्यातिने सम्भावना हुन्छ ।
चिकित्सकका अनुसार बच्चा जन्मेको तीन महिनाभित्र यौन सम्पर्क राख्दा रगत बग्ने वा संक्रमण हुनसक्छ ।
बच्चा पेटमा भएको बेला र बच्चा जन्मेपछि यौनसम्पर्क राख्दा विशेष सावधानी अपनाउनु पर्दछ । यो उपाय नअनाए महिलाको पाठेघरमा समेत समस्या आउने चिकित्सकहरु बताउछन् । एजेन्सीको सहयोगमा