अर्थ

घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोवार हुदै छ ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोवार हुदै छ ?

काठमाडौँ।   शुक्रवार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बिहिवार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रवार ७ सयले घटेर ६९ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि घटेको छ ।

बिहिवार प्रतितोला ७० हजार ३ सयमा कारोबार भएको तेजावी सुनकाे भाऊ आज भने प्रतितोला ६९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सुनको भाउ घटेसंगै चाँदीको मूल्य पनि शुक्रवार घटेको छ ।

बिहिवार ८ सय ५० मा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ३५ रुपैयाँ पुगेकाे महासंघले जनाएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष