अस्पतालको भर्याङमा झुण्डिएर पुरुषले गरे आत्महत्या

चितवन। भरतपुर अस्पतालको भर्यांङमा झुन्डिएर एज पुरुषले आत्महत्या गरेका छन। लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका विष्णु सुनारको घाँटीमा रुमाल जस्तो सलको पासो छ ।
उनको शव अस्पतालको मेडिसिन विभाग नजिकको भर्याङमा झुण्डिएको अवस्थामा गएराती ८ बजे फेला परेको प्रहरीले जनाएको छ।
तीन महिना अगाडि सुत्केरी भएकी श्रीमतीलाई मुटुको तल्लो भागमा पानी जमेपछि उपचार गराउन सुनार कात्तिक १७ गते सासुसहित भरतपुर अस्पताल आएका थिए।
उनको श्रीमतीको स्वास्थ्यमा सुधार हुँदै गएको र शनिबार (आज) डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालका सूचनाअधिकारी लिलाधर पौडेलले जनाएका छन। मृतककी सासुको भनाइ उल्लेख गर्दै सूचना अधिकारी पौडेलले श्रीमतीसँग विष्णुको सधैं झगडा पर्ने गरेको बताए । सासुले आत्महत्या आर्थिक कारणबाट नभएको जनाएको सूचना अधिकारी पौडेलको भनाइ छ ।
तथापी उनले के कारणले आत्महत्या गरेका हुन भन्ने बारेमा अझैसम्म यकिन सकेको हुन् छैन। सुनारको शवलाई अस्पतालको शवगृहमा राखिएको छ।
यो सामग्री पब्लिक न्युज एजेन्सी ( publicnewsagency.com) बाट साभार गरिएको हो । यहाँहरुले पनि यहाँबाट साभार गरी यी सामग्री पुनः प्रकाशन गर्न सक्नुहुनेछ ।
अस्पताल आत्महत्या