अर्थ

आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

काठमाडौंः  नेपाल राष्ट्र बैंकले सोमबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६  पैसा तोकेको छ । युरो एकको खरिददर १२५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२६ रुपैयाँ २० पैसा, बेलायती पाउण्ड स्ट्रलिङ्ग एकको खरिददर १४९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५० रुपैयाँ ०८ पैसा तोकिएको छ ।

आज एक सिङ्गापुर डलरको खरिददर ८३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८३ रुपैयाँ ८२ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २३  पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा कायम भएको छ ।

कतारी रियालको खरिददर ३१ रुपैयाँ १४पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकिएको छ । यसैगरी, यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३ पैसा छ । आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ २४ पैसा बिक्रीदर २७ रुपैयाँ ३९  पैसा तोकिएको छ । यस्तै कुवेती दिनार एकको खरिददर ३७३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३०२ रुपैयाँ २५ पैसा तोकिएको छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ । 

बिस्तृतमा तालिकामा हेर्नुहोस 

विनिमयदर

विशेष