अर्थ

घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुदैछ ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुदैछ ?

काठमाडौंः नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

सोमबार प्रतितोला ७१ हजार निर्धारण गरिएको सुन आज २ सयले घटेर ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार ७० हजार ७ सय पुगेको तेजावी सुनको मूल्य आज प्रतितोला ७० हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।  

चाँदीको भाऊ पनि आज घटेको छ । सोमबार प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ३० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष