फोटो

कट्रिनाको बोल्ड अवतार (फोटोफिचर)

कट्रिनाको बोल्ड अवतार (फोटोफिचर)

एजेन्सी । बलिउड चलचित्र उद्योगकी सफल अभिनेत्री कट्रिना कैफ अभिनय र फेशनका कारण लाखौ दर्शकको मन मष्तिस्कमा बस्न सफल छिन ।

कट्रिना शानदार अभिनेत्री मात्र नभई उनि फेसन आइकन समेत हुन्। उनले यो कुराको साबित यसकारण पनि गरिसकेकी छिन उनि साडीमा होस् या वेस्टर्न आउटफिटमा आफ्नो दर्शकको मन जित्न कुनै कसर बाँकी छोड्दिनन। 

कट्रिना सामाजिक संजालमा पनि सक्रिय छिन।  उनले पछिल्लो समय आफ्नो तस्बिर शेयर गर्दै आइरहेकी छिन।  हालै मात्र  कट्रिनाले डीप नेक स्ट्रेपी शिमरी ड्रेस लगाएको तस्बिर सामाजिक संजालमा शेयर गरेकी छिन जुन तस्बिरमा कट्रिनालाई हट देखिएको छ ।  

ओपन हेभी हेयर र मेकअपमा उनको लुक स्टनीङ्ग देखिएको छ। कट्रिनाको यस तस्बिरलाई धेरैले मन पराईरहेका छन।  

कामको कुरा गर्दा कट्रिना यतिबेला रोहित शेट्टीको चलचित्र 'सूर्यवंशी' को छायाँकनमा व्यस्त छिन।  यस चलचित्रमा उनको साथमा अभिनेता अक्षय कुमार पनि देखिदै छन।  चलचित्र अगस्ट २७ मा प्रदर्शनमा आउने तयारीमा रहेको छ।  

कट्रिना कैफ

विशेष