अर्थ

आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

काठमाडौंः  नेपाल राष्ट्र बैंकले सोमबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७८ पैसा तोकेको छ । युरो एकको खरिददर १२५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ११ पैसा, बेलायती पाउण्ड स्ट्रलिङ्ग एकको खरिददर १४९ रुपैयाँ २२ पैसा र बिक्रीदर १५० रुपैयाँ ०१ पैसा तोकिएको छ ।

आज एक सिङ्गापुर डलरको खरिददर ८३ रुपैयाँ २३ पैसा र बिक्रीदर ८३ रुपैयाँ ६७ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा कायम भएको छ ।

कतारी रियालको खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ । यसैगरी, यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८  पैसा छ ।

बिस्तृतमा तालिकामा हेर्नुहोस 

विनिमयदर

विशेष