अर्थ

फेरि बढ्यो सुनचाँदीको मूल्य

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला ७० हजार ८ निर्धारण गरिएको सुन आज बढेर ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजाबीको सुनको मूल्य पनि बढेको छ । बुधबार ७० हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको तेजावी सुनको भाऊ आज ७० हजार ९ सय पुगेको छ ।  

चाँदीको भाऊ पनि आज वृद्धि भएको छ । बुधबार प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ८ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  

 

सुनचाँदी सुनचाँदी व्यवसायी महासंघ

विशेष