अर्थ

आज घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

आज घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौंः नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला ७१ हजार २ सय निर्धारण गरिएको सुन आज ४ सय रुपैयाँले घटेर ७० हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजाबीको सुनको मूल्य पनि घटेको छ । बिहीबार ७० हजार ९ सय रुपैयाँ प्रतितोला पुगेको तेजावी सुनको भाऊ आज ७० हजार ५ सय निर्धारण गरिएको छ।  

चाँदीको भाऊ भने आज स्थिर छ ।  बिहीबार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष