आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)
काठमाडौंः नेपाल राष्ट्र बैंकले शनिबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ २७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ०३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २० पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा रहेको छ।यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको छ ।
विस्तृतमा तलको तालिकामा हेर्नुहोस
