अर्थ शेयर

साताको पहिलो दिन नेप्सेमा गिरावट

साताको पहिलो दिन नेप्सेमा गिरावट

काठमाडौँ । गत साता कारोबारको पाँचै दिन उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस साता कारोबारको पहिलो दिन भने फेरि घटेको छ। आइतबार नेप्से परिसूचक ४ दशमलव ७८ अंकले घटेर १ हजार १ सय ६७ दशमलव ८६ अंक कायम भएको छ।

आइतबार १ सय ७२ वटा कम्पनीको २० लाख ७२ हजार २ सय ३६ कित्ता सेयर ९ हजार ५ सय ५१ पटक खरिदबिक्री हुँदा ६८ करोड ६० लाख ७६ हजार १ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ८ अंकले बढेर २ सय ५५ दशमलव ६७ अंकमा कायम भएको छ। 

बैंकिङ, व्यापार र अन्य समूहको उपसूचक क्रमशः २ दशमलव ८२, १५ दशमलव ९२ र २ दशमलव २९ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १ सय ५१ दशमलव ९२ अंकले घटेको छ। 

आइतबार एनएमबी बैंकको सेयर मात्रै ६ करोड ३५ लाख १५ हजार रुपैयाँ बढीको कारोबार भएको छ। बढी कारोबार हुने अरु कम्पनीहरुमा नविल बैंक लिमिटेडको ४ करोड ५४ लाख ८२ हजार, स्वावलम्बन विकास बैंक लिमिटेड प्रमोटर सेयर ३ करोड ८५ लाख ६१ हजार, एनआइसी एसिया बैंकको २ करोड ६१ लाख ४९ हजार र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ३१ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

सबैभन्दा बढी कमाउनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् । कम्पनीको शेयरमूल्य ८७९ रुपैयाँले बढेर ९ हजार ६६९ रुपैयाँमा पुगेको छ ।

युनाइटेड इन्स्योरेन्स, युनाइटेड मोदी हाईड्रोपावर, सिन्धु विकास बैंक, युनियन हाइड्रोपावर र आँखुखोला जलविद्युत्त कम्पनीको शेयरमूल्य ५ प्रतिशत धेरैले बढेको बजारमा स्पर्श लघुवित्तको शेयरमूल्य ६.४० प्रतिशत अर्थात ४० रुपैयाँले घटेर ५८५ रुपैयाँमा झरेको छ।

यस्तै गणपति माइक्रोफाइनान्स, कालिका पावर, फस्ट माइक्रोफाइनान्स, लुम्बिनी जनरल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, नयाँ नेपाल लघुवित्त, घोडीघोडा लघुवित्त, विजय लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ४ प्रतिशतले घटेको छ । 

विशेष