फेरि बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ३ सय बढेर प्रतितोला ७१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ७१ हजार कारोबार भएको तेजावी सुन आज भने बढेर ७१ हजार ३ सय पुगेको छ ।
आज चाँदीको भाऊ भने स्थिर रहेको छ । शुक्रबार ८ सय ५५ मा प्रतितोला कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुन सुनचाँदी व्यवसायी महासंघ