अर्थ

फेरि बढ्यो सुनचाँदीको मूल्य

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेकाे छ । शुक्रबार प्रतितोला ७० हजार ८ सय निर्धारण गरिएको सुन आज ७१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार ७० हजार ५ सय निर्धारण गरिएको तेजावी सुनको मूल्य आज प्रतितोला ७१ हजार पुगेको छ । 

चाँदीको भाऊ पनि आज बढेको छ । शुक्रबार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ४५ रुपैयाँ पुगेको  महासंघले जनाएको छ।  

सुनचाँदी सुनचाँदी व्यवसायी महासंघ

विशेष