बैंकहरुले अब निशुल्क बिमाको प्रचार गर्न नपाउने

काठमाडौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई खाता खोल्न आकर्षण गर्न निःशुल्क बिमा सुविधाको प्याकेज दिन थालेपछि बिमा समिति कडा रूपमा प्रस्तुत भएको छ ।
बैंकहरूले निक्षेपकर्तालाई नयाँ खातासँगै जीवन तथा निर्जीवन बिमाका प्याकेज ल्याएका छन् । तर, निक्षेपकर्ताले दाबी नपाएको गुनासो गरेपछि समितिले निर्देशन नै जारी गरेको हो ।
‘बिमकले सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गर्दै बिमा समितिले बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना निक्षेपकर्ताहरूको बिमा गर्दा सम्पूर्ण व्यक्तिगत विवरण बिमा कम्पनीहरूलाई बुझाउनु पर्ने व्यवस्था गरेको छ ।
यो समाचार कारोबार दैनिकबाट लिइएको हो।
बैंक बिमा