यस्तो छ बराक ओबामाले किनेको नयाँ घर (फोटोफिचर)

एजेन्सी। अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामाले मार्थास् भाइनयार्डको टापुमा नयाँ घर किनेका छन्। मासाचुसेट्स राज्यस्थिट टापुमा ओबामाले १ करोड २० लाख अमेरिकी डलरमा घर किनेको भाइनयार्ड गजेटले उल्लेख गरेको छ।यसको नेपाली मूल्य एक अर्ब ३५ करोड ८५ लाख १८ हजार ८ सय रुपैयाँ हो।
मार्थास् भाइनयार्ड टापुलाई विदाको समय बिताउने चर्चित गन्तव्य स्थलको रुपमा लिइन्छ। यसअघि गर्मी समयमा ओबामा परिवारले कैयौंपटक यस टापुमा आएर विदा मनाएका थिए। नयाँ घर किनेसँगै ओबामा परिवार अमेरिकाको राजधानी वासिङ्टन डीसीबाट मासाचुसेट्स बसाई सरेका छन।
ओबामाको नयाँ घर ७ हजार स्क्वायर फिटमा फैलिएको छ जहाँ ७ वटा बेडरुम छन्। विक्लिफ ग्राउसबेकमार्फत् ओबामाले उक्त घर खरिद गरेको जनाइएको छ।