अर्थ

आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ २३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको छ ।यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१रुपैयाँ ०१ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंक विनियमदर अमेरिकी डलर

विशेष