अर्थ

आज बढ्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

आज बढ्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं।  नेपाली बजारमा मंगलबार सुनको मूल्य २ सयले बढेको छ । सोमबार ७१ हजार ३ सयमा कारोबार भएको सुन आज ७१ हजार ५ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ।  सोमबार प्रतितोला ७१ हजार रुपैयाँका कारोबार भएको तेजाबी सुन आज ७१ हजार २ सय निर्धारण गरिएको छ।  

चाँदीको भाऊ पनि आज बढेको छ । सोमबार प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ५० मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष