अर्थ

कुहिएको चामल प्रशोधन गर्न खोजेपछि खाद्यको गोदाममा छापा

कुहिएको चामल प्रशोधन गर्न खोजेपछि खाद्यको गोदाममा छापा

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको थपाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अञ्चल कार्यालयको गोदाममा छापा मारेको छ ।

कम्पनीले नष्ट गर्न राखेको चामल परीक्षण गरेर प्रशोधन गर्ने प्रयास गरेको समाचार बाहिर आएपछि विभागको नेतृत्वमा जिल्ला प्रशासान कार्यालय काठमाडौंसहितको टोलीले मंगलबार छापा मारेको हो ।

कम्पनीले आफ्नो कमजोरीलाई ढाकछोप गर्न विभागलाई झुक्याएर नष्ट गर्न राखेको चामल परीक्षण गरेर गैरकानुनी काम गर्ने प्रयास गरेको पाइएको छ । यो समाचार राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन।  

कुहिएको चामल

विशेष