अर्थ

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस्

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस्

काठमाडौंn। नेपाली बजारमा बुधबार सुनको मूल्य सय रुपैंयाले बढेको छ । मंगलबार ७१ हजार ५ सयमा कारोबार भएको सुन आज ७१ हजार ६ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ७१ हजार २ सय रुपैयाँका कारोबार भएको तेजाबी सुनको मूल्य आज ७१ हजार ३ सय निर्धारण गरिएको छ।  

चाँदीको भाऊ भने आज स्थिर छ । मंगलबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष