अर्थ

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोही मूल्यमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि स्थिर नै रहेको छ  । बिहीबार पनि तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।  

चाँदीको भाऊ पनि आज स्थिर छ । बुधबार प्रतितोला ८ सय ५० रुपैयाँ रहेको चाँदी आज पनि यही मूल्यमा कारोबार भइरहको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ सुन सुनचाँदी

विशेष