आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । सोमबार ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर प्रतितोला ७१ हजार ९ सय रुपैयाँ पुगेको छ ।
चाँदीको भाऊ पनि आज उकालो लागेको छ । सोमबार प्रतितोला ८ सय ६० रुपैयाँ रहेको चाँदी आज १५ रुपैयाँले बढेर ८ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सुनचाँदी सुनचाँदी व्यवसायी महासंघ