अर्थ

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौँ ।  नेपाली बजारमा बुधबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । मंगलबार ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर प्रतितोला ७१ हजार ५ सय रुपैयाँ पुगेको छ ।  

चाँदीको भाऊ पनि आज बढेको छ । मंगलबार प्रतितोला ८ सय ७५ रुपैयाँ रहेको चाँदी आज १० रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

सुनचाँदी सुनचाँदी व्यवसायी महासंघ

विशेष