अर्थ

आज कतिमा कारोबार हुदैछ सुनचाँदी ?

आज कतिमा कारोबार हुदैछ सुनचाँदी ?

काठमाडौँ ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । बुधबार प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि आज स्थिर छ । बुधबार प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको आज पनि सोहि मूल्य निर्धारण गरिएको छ।    

चाँदीको भाऊ भने आज बढेको छ । बुधबार प्रतितोला ८ सय ८५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले बढेर ८ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष