अर्थ

५ सयले बढ्यो सुनको मूल्य, चाँदी स्थिर

५ सयले बढ्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौंः नेपाली बजारमा शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७३ हजार ३ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि आज बढेको छ । बिहीबार प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७३ हजार निर्धारण गरिएको छ।    

चाँदीको भाऊ भने आज स्थिर छ । बिहीबार प्रतितोला ८ सय ९० रुपैयाँ निर्धारण गरिएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भईरहेको  महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष