अर्थ

साताको पहिलो दिन कतिमा कारोबार हुँदैछ सुनचाँदी?

साताको पहिलो दिन कतिमा कारोबार हुँदैछ सुनचाँदी?

काठमाडौंः नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार ७३ हजार ३ सय निर्धारण गरिएको सुन आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि आज स्थिर रहेको छ । शुक्रबार प्रतितोला ७३ हजारमा कारोबार भएको तेजावी सुनको मूल्य आज पनि सोही मूल्य निर्धारण गरिएको छ ।  

चाँदीको भाऊ भने आज घटेको छ । शुक्रबार प्रतितोला ८ सय ९० रुपैयाँ निर्धारण गरिएको चाँदी आज ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ । 

सुनचाँदी नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष