अर्थ

सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी?

सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी?

काठमाडौंः नेपाली बजारमा सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ । आइतबार ७३ हजार ३ सय निर्धारण गरिएको सुन आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि आज स्थिर रहेको छ । आइतबार प्रतितोला ७३ हजारमा कारोबार भएको तेजावी सुनको मूल्य आज पनि सोही मूल्य निर्धारण गरिएको छ ।  

चाँदीको भाऊ भने आज बढेको छ । आइतबार प्रतितोला ८ सय ८५ रुपैयाँ निर्धारण गरिएको चाँदी आज ८ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

सुनचाँदी नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष