अर्थ

आज ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो ?

आज ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । 

मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपियाँले बढेर ७२ हजार २ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ७१ हजार १ सयमा कारोबार भएको तेजावी सुन आज ७१ हजार ९ सय निर्धारण गरिएको छ ।  

आज चाँदीको भाऊ पनि बढेको छ । मंगलबार प्रतितोला ८ सय ५० रुपियाँमा कारोबार भएको चाँदी बुधबार १५ रुपियाँले बढेर  ८ सय ६५ निर्धारण गरिएको महासंघले जनाएको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष