अर्थ

आज घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

आज घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ । नेपाली बजारमा पछिल्लो केहिदिन यता सुनको मूल्यमा घटबढ हुने प्रक्रिया चलिरहेको छ।  शुक्रबार सुनको मूल्यमा ३ सय रुपैयाँ गिरावट आएको छ।  

बिहिबार ७२ रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ७१ हजार ७ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ७१ हजार ७ सयमा कारोबार भएको तेजावी सुनको मूल्य आज प्रतितोला ७१ हजार ४ सय निर्धारण गरिएको छ ।  

चाँदीको भाऊ भने आज स्थिर छ।  बिहीबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मॊइल्य्मा कारोबार भईरहेको महासंघले जनाएको छ। .

 

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष