अर्थ

साताको पहिलो दिन सुनचाँदीको मूल्य घट्यो

साताको पहिलो दिन सुनचाँदीको मूल्य घट्यो

काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ७१ हजार ७ सय निर्धारण गरिएको सुन आज घटेर ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार ७१ हजार ४ सय पुगेको तेजावी सुनको मूल्य आज प्रतितोला ७० हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।  

चाँदीको भाऊ पनि आज घटेको छ । शुक्रबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ४० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।  

 

सुनचाँदी सुनचाँदी व्यवसायी महासंघ

विशेष