अर्थ

आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले सोमबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११४ रुपैयाँ २१ पैसा तोकेको छ । युरो एकको खरिददर १२५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३१ पैसा, बेलायती पाउण्ड स्ट्रलिङ्ग एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५ पैसा तोकिएको छ ।

आज एक सिङ्गापुर डलरको खरिददर ८३ रुपैयाँ ५० पैसा र बिक्रीदर ८३ रुपैयाँ ९४ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा कायम भएको छ ।

कतारी रियालको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । यसैगरी, यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९ पैसा छ । आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३१ पैसा बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकिएको छ । यस्तै कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९१ पैसा तोकिएको छ । यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा तोकिएको छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंक विनिमयदर

विशेष