अपराध सुरक्षा

छुरा प्रहार गरी महिलाको हत्या

छुरा प्रहार गरी महिलाको हत्या

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । 

 

डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो । हत्या गर्ने राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । राई विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् । हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागाईंले बताए । 

हत्या पक्राउ

विशेष