डलरसहित विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । आज डलरसहित केही विदेशी मुद्राको भाउ घटेको छ । बुधबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४३ पैसा तोकिएको छ । यस्तै, नेपाल राष्ट्र बैंकले बुधबारका लागि साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकिएको छ ।
बुधबारको लागि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा तथा मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६६ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा तोकिएको छ । यस्तै कुवेती दिनार १ को खरिददर ३७० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९३ पैसा तथा बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३०० रुपैयाँ ८७ पैसा छ । कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा तोकिएको छ ।
विदेशी मुद्रा डलर