अर्थ शेयर

रोकिएन सेयर बजारको उधोगति, कारोबारको अन्तिम दिन ८.२१ अंकले झर्यो

रोकिएन सेयर बजारको उधोगति, कारोबारको अन्तिम दिन ८.२१ अंकले झर्यो

काठमाडौं । निरन्तर ओरालो लाग्ने क्रममा रहेको शेयर बजारमा बिहीबार पनि गिरावट आएको छ।

साताको अन्तिम दिन बिहिबार सेयर बजारमा ८.२१ अंकले तल झर्दै १११२.८७ विन्दुमा कायम भएको छ । 

 

आज बजारमा कूल २ अर्ब १६ करोड ६५ लाख ६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । तर एभरेष्ट बैंकको संस्थापक शेयरको म्यान्नुअल कारोबारलाई गणना नगर्दा २४ करोड ८८ लाख रुपैंयाको मात्र शेयर कारोबार भएको देखिन्छ ।

 

यस दिन १६४ कम्पनीको ८० लाख ९५ हजार ७२ कित्ता शेयर किनबेच भएर २ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ । 
कारोबार रकमका आधारमा पहिलो स्थानमा देखिएको एभरेष्ट बैंकको १ अर्ब ९१ करोड बढीको संस्थापक शेयर भने स्वामित्व प्रतिशत मिलाउनका लागि आन्तरिक रुपमा बैंकका अध्यक्ष बिके श्रेष्ठले कारोबार मात्र गराएको बुझिएको छ । यसैले आजको कारोबार रकम बढि देखिएको हो । 

 

यस्तै अपर तामाकोशी, प्रभु बैंक, एनसिसि बैंक, नागरिक लगानी कोष र मुक्तिनाथ विकास बैंकको कारोबार रकम १ करोड रुपैयाँ भन्दा बढी छ ।

कारोबारमा आएका १० उपसूचक सबै ऋणात्मक देखिएको छ । निर्जीवन बीमा कमपनीको सूचक सबैभन्दा धेरै ७०.१७ अंकले घटेको छ। यस्तै जीवज बीमा २९.३५, होटल २७.०४, उत्पादन तथा प्रशोधन १८.७१ र माइक्रोफाइनान्स १५.३४ अंकले ओरालो लागेको छ । बाँकी उप समूहका सूचक १० अंकभन्दा कमले घटेको छ ।

 

यस दिन चौतारी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.७५ प्रतिशतले बढेको छ। नेपाल कम्युनिटी बैंकको शेयरधनीले ३.५४ प्रतिशत र गुरासँ लाइफ इन्स्योरेन्सका शेयरधनीले २.१४ प्रतिशत कमाएका छन् । यस्तै सिद्धार्थ इक्वीटी फण्डको इकाइमूल्य, समता माइक्रोफाइनान्स, नेको इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त र सिर्नजी पावरको शेयरमूल्य एक प्रतिशत भन्दा बढीले बढेको छ ।

 

यता नेपाल सेवा लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै अर्थात ८.४२ प्रतिशतले घटेको छ। ङादी ग्रुप पावर, नयाँ नेपाल लघुवित्त, वर्ल्ड मर्चेन्ट फाइनान्स, आइएमई जनरल इन्स्योरेन्सका शेयरधनीले ४ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।

 

यस्तै अरुण काबेली, मिर्मिरे लघुवित्त, हिमालयन डिस्टिलरी, रैराङ्ग हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

युनिलिभर नेपाल, छ्याङदी हाइड्रोपावर, सानिमा इक्वीटी फण्डको इकाई मूल्य, किसान माइक्रोफाइनान्स, कालिका लघुवित्त, सिभिल लघुवित्तको शेयर मूल्य १ प्रतिशत भन्दा बढीको घटेको छ ।

 

सेयर बजार

विशेष