ह्याम्ससँग एसबिआईले गर्यो शुल्क छुट सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंकका कार्डबाहक ग्राहकहरुलाई हस्पिटल अफ एडभान्स मेडिसिन एन्ड सर्जरी (ह्याम्स)ले विभिन्न सेवा शुल्कमा विशेष छुट दिने भएको छ ।
शुल्क छुटसम्बन्धी सम्झौतामा अस्पताल र बैंकबीच गत बुधबार सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कार्डबाहक ग्राहकहरुले ह्याम्स अस्पतालमा उपचार गरी बैंकद्वारा जारी बिल भुक्तानी गर्दा कुला बिलमा १० प्रतिशत र अस्पताल हातामा रहेको फार्मेसी बिलामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस्तो छुट सम्झौतामा अस्पतालका तर्फबाट अस्पतालका अध्यक्ष रामशरण भण्डारी र बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शुभकान्त कानुन्गोले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक अनुकुल भटनागर, सिएफओ प्रिय रञ्जन, ह्याम्पसमा डा. भगवान कोइराला, डा. अर्जुन कार्की, डा. भाष्करराज पन्तलगायत बैंक र अस्पतालका उच्च पदस्थहरुको उपस्थिति थियो ।
नेपाल एसबिआई बैंकका ७७ शाखा, ९ एक्सटेन्सन काउन्टर, १ इनटच आउटलेट, ७ क्षेत्रीय÷प्रादेशिक कार्यालय तथा बैंकको प्रधान कार्यालयसहित ९५ कार्यालय तथा ११३ एटिएममार्फत देशभर बैंकिङ सेवा प्रवाह भइरहेको छ ।