अर्थ शेयर

आइतबार शेयर बजारमा ३.१५ अंकको गिरावट

आइतबार शेयर बजारमा ३.१५ अंकको गिरावट

काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ३.१५ अंकको गिरावट आएको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.१५ अंकले घटेर ११०९.७२ अंकमा झरेको छ । 
गत हप्ताको अन्तिम दिन नेप्से ८.२१ अंकले झरेको थियो । 

 

आज १११२ अंकबाट सुरु भएको बजार पहिलो आधा घण्टामा १० अंकको वृद्धिसँगै सूचक ११२२ अंकसम्म उक्लिएको थियो। तर वृद्धि टिकाउ हुन सकेन र कारोबार अवधिभर बजार घट्दो क्रममा रहँदा सूचकमा दबाब परेको हो।

 

आइतबार १७३ कम्पनीका आठ लाख २८ हजार कित्ता शेयर २१ करोड रुपैयाँमा कारोबार भयो। सबैभन्दाबढी प्रभु बैंकको एक करोड ९० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । 

नागरिक लगानी कोषको एक करोड १९ लाख रुपैयाँको कारोबार भएको छ भने  माथिल्लो तामाकोशीको शेयर  एक करोड रुपैयाँ बराबरको कारोबार भयो।

 

यस दिन उपसूचक मिश्रित देखिएका छन् । ११ समूहको कारोबारमा तीन समूह बढेका छन् भने आठ समूहको सूचक घटेको छ।

सबैभन्दाबढी ट्रेडिङ समूहको १.६५ प्रतिशतले शेयर मूल्य घटेको छ भने होटेल समूहमा ०.३३ प्रतिशतले बढेको छ।

सबैभन्दा बढी चौतारी लघुबित्तको करिब १० प्रतिशत शेयर मूल्य बढ्यो। कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले करिब सात प्रतिशत गुमाए।   
 

शेयर बजार

विशेष