अपराध सुरक्षा

प्रहरी जवानका लागि तोकियो नयाँ शैक्षिक योग्यता

प्रहरी जवानका लागि तोकियो नयाँ शैक्षिक योग्यता

काठमाडौं । प्रहरी जवानमा जागिर खानका लागि शैक्षिक योग्यता तोकिएको छ। प्रहरी नियमावली २०७१ लाई संशोधन गरेर प्रहरी जवानका लागि एसइई पास गरेका नेपाली नागरिकले आवेदन दिन प्रवाधान ल्याइएको छ।

 

यसअघि ८ कक्षा पास गरेका नेपाली नागरिक प्रहरी जवानका लागि योग्य हुने व्यवस्था थियो। प्रहरी नियमावली संशोधन गरेर पुरानो व्यवस्था हटाएको हो। संशोधित नियमावलीको भाग तीनको उपखण्ड १ को 'क' मा प्रहरी जवानका लागि शैक्षिक योग्यता 'एसइई वा सो सहर उत्तीर्ण गरेको हुन पर्ने' भन्ने उल्लेख गरिएको छ। प्रस्तावित नयाँ व्यवस्था राजपत्रमा समेत प्रकाशित भइसकेकोछ ।

प्रहरी शैक्षिक योग्यता

विशेष